लागुऔषध सहित ३ जना पक्राउ

लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । मोरङका दुई स्थानबाट लागुऔषध ओसार पसारमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार साँझ साँढे ६ बजे मोरङको रतुवामाई नगरपालिका–२ बाट २ जना र आज बिहान पौने ७ बजे बिराटनगर महानगरपलिका–१६ बाट १ जना पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ साँढे ६ बजे रतुवामाई नगरपालिका–२ डोरीयाबाट उर्लावारी नगरपालिका–७ का ३० बर्षीय नयन काजी राई र रतुवामाई नगरपालिका–५ का २१ बर्षीय धिरज पोखरेललाई नाईट्राभेट ६० ट्याब्लेट, डाईजेल्याब ४ एम्पुल, फेनारागन २ एम्पुल, फेनारामाईन २ एम्पुल र ब्रुफिनोफिन ४ एम्पुल सहित पक्राउ गरेको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान पौने ७ बजे ईटहरी उप–महानगरपालिका–८ का २३ बर्षीय सुमन साह हलुवाईलाई लागुऔषध नाईट्राभेट ४० ट्याब्लेट र स्पास्मोप्रोक्सिवन ८ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्