अबैध हातहतियार सहित २ जना पक्राउ

अबैध हातहतियार सहित २ जना पक्राउ

विराटनगर । सुनसरीको कोशी गाऊँपालिका–८ भाण्टावारीबाट अबैध हातहतियार सहित २ जनालाई प्रहरी पक्राउ गरेको छ । उक्त स्थानमा हातहतियारको बिक्रिबितरण भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय मो.मुक्तार मिया र २७ बर्षीय सद्दाम मियालाई पक्राउ गरेको हो ।

निजहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल २ थान, सोही पेस्तोलमा प्रयोग हुने ५ राउण्ड गोली, हतियार ओसार पसारमा निजहरुले प्रयोग गरेको २ थान मोटरसाईकल र २ थान मोवायल समेत बरामद गरेको छ । हातहतियार सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा मुलुकी अपराध (संहिता) ऐन–२०७४ को हात हतियार खरखजना सम्वन्धी कसुरमा कानुनी प्रकृया अगाढी वढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्