सुनसरीमा तस्कर समूहबीच कुटाकुट, एकजनाको मृत्यु

सुनसरीमा तस्कर समूहबीच कुटाकुट, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–३ का ८० बर्षीय गंगाई दासलाई कुटपिट गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । बुधबार बिहान राती अबैध कपडा ओसार पसार गर्ने क्रममा स्थानीय ५५ बर्षीय उदिचन्द मुखिया र ६० बर्षीय कृपा मल्लाहले कुटपिट गरेपछि उनको मृत्यु भएको हो ।

दासको घटनास्थलमा नै मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले दासलाई मृत अवस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा अनुसन्धान गर्ने क्रममा मुखिया र मल्लाहको संग्लग्नता रहेको भन्ने जानकारी पाएसंगै दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल र प्रदेश सांसद कला घलेले पनि केन्द्रीय सदस्यको सपथ अस्वीकार गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्