विराटनगरमा रहेको स्पार्क हस्पिटलले भोली निःशुल्क स्वास्थ्य शिविर र रक्तदान गर्दै

<span class='c1'>विराटनगरमा रहेको स्पार्क हस्पिटलले भोली निःशुल्क</span> <span class='c2'>स्वास्थ्य शिविर र रक्तदान गर्दै</span>

विराटनगर । विराटनगर ९ मा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटलले आफ्नो पाँचौ बार्षिक उत्सवको अवसरमा स्वास्थ्य शिविर गरेर मनाउने भएको छ ।
४ वर्षदेखि फिजियोथेरापी र प्राकृतिक चिकित्साको क्षेत्रमा बिरामीहरुलाई सेवा प्रदान गर्दै आएको उक्त हस्पिटलले पाँचौ वार्षिक उत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम गर्ने भएको हो ।
पाँचौं वर्ष प्रवेशको अवसरमा दुई दिवसीय निःशुल्क हाडजोर्नी तथा नशा शिविर र रक्तदान कार्यक्रम आयोजना गर्ने हस्पिटलका अध्यक्ष रूपेश अधिकारीले जानकारी दिनुभयो ।
पुस ९ र १० गते अस्पताल परिसरमा स्वास्थ्य शिविर हुनेछ । २ दिवसीय शिविरमा दैनिक ५० जना विरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरिनेछ । ‘कोभिड १९ ले गर्दा स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै विरामीको स्वास्थ्य परीक्षण हुनेछ,’ अस्पतालका अध्यक्ष अधिकारीले भन्नुभयो, ‘शिविरमा आउने विरामीले अग्रिम नाम दर्ता अनिवार्य गराउनुपर्नेछ ।’
दुई दिनसम्म सञ्चालन हुने शिविरमा हाडजोर्नी, नशाका बिरामी, ढाड, कम्मर, घुँडा, जोर्नीहरु दुख्ने, हाड खिइने समस्या नशा च्यापिएको, प्यारालाइसिस (लकवा) वाथ आदि समस्याको निःशुल्क जाँच तथा परामर्श गरिने छ । शिविरमा आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने अस्पतालले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्