विराटनगर । इसाई धर्मालम्बीहरुको पर्व ‘क्रिसमस डे’ को अवसरमा विराटनगर महानगरपालिकाले स्थानीय विदा दिने निर्णय गरेको छ ।
महानगरको पुस ९ गतेको निर्णय अनुसार शुक्रबार स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने कार्यालयहरु, शैक्षिक संस्था बन्द रहने भएको हो ।
महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले बिहीबार विज्ञप्तीमार्फत सार्वजानिक विदाको जानकारी दिनु भएको हो ।