विराटनगरमा प्रधानमन्त्रीको पुत्ला जलाईयो

विराटनगरमा प्रधानमन्त्रीको पुत्ला जलाईयो

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोध गर्दै विराटनगरमा विद्यार्थी संगठनहरुले ओलीको पुत्ला जलाइएको छ । प्रतिनिधिसभा विघटन गरेको विरोधमा विद्यार्थीहरुले विराटनगरमा मशाल जुलुस प्रदर्शन पछि प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

नेकपाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विरोधमा बिहीबार साँझ विराटनगरमा मशाल जुलुस निकालेका थिए ।
विराटनगरको संसारी माईस्थान र घोघापुल चौक गरी दुई छुट्टाछुट्टै स्थानबाट मसाल जुलुस निकालेका थिए ।

मसाल जुलुससहित बजार परिक्रमा गर्दै विराटनगरको जलजला चौकमा पुगेर उनीहरुले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । उनीहरुले प्रधानमन्त्रीका कमद विरुद्ध नाराबाजीसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्