विराटनगर । विराटनगर–१२ का ६३ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि बिहीबार भर्र्ना गरिएका पुरुषको शुक्रबार बिहान ८ः३० बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुडामणी पोखरेलले जानकारी दिनु भएको हो । मृतक पुरुषको नियमानुसार शव व्यवस्थापन भईरहेको प्रतिष्ठानले जनाएको छ ।