विराटनगर । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको सामान प्रहरीलाई देखेपछि छोडेर भाग्दा वेवारिसे अवस्थामा फेला पारिएको छ । विराटनगर–१२ बखरी नजिकबाट मोरङ प्रहरीको टोलिले २० हजार ३७१ मूल्य बराबरको लत्ता कपडा र सुर्ती फेला पारेर बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर राईका अनुसार ३१ थान स्वेटर, ११ थान हाईनेक, ट्राउजर ४ थान, अण्डरवेर १२ थान, स्याण्डो भेष्ट ३१ थान र सुर्ती २ बोरा फेला पारिएको हो । फेला पारिएको सामान विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।