पाँचलाख मूल्य बराबरको सुर्तीसहित चारजना पक्राउ

पाँचलाख मूल्य बराबरको सुर्तीसहित चारजना पक्राउ

विराटनगर । इटहरी प्रहरीले पाँचलाख बढी मूल्यको अवैध सुर्तीजन्य वस्तुसहित चारजना व्यक्ति र एउटा मिनिट्रक नियन्त्रणमा लिइएको छ । इटहरी उपमहानगरपालिका–५ कलङ्की मोडबाट को १ ख ६८९० नम्बरको मिनी ट्रक लोड गरिएको सुर्ती फेला पारिएपछि अवैध चोरी पैठारीमा संलग्न चारजनालाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले शंकास्पद अवस्थमा ट्रक फेला पारेपछि चेकजाँच गर्दा भारतबाट चोरी पैठारी ल्याएको सुर्ती बरामद गरेको थियो । सुर्ती ओसारपसार गर्ने गाडी चालक जिल्ला मोरङ्ग सुन्दर हरैचा ९ बस्ने बर्ष २३ को सैयद आलम गाडीमा सामान लिई आएका सुनसरी कोशी गापा ५ महबुव आलमलाई तत्काल नियन्त्रणमा लिइएको थियो ।

यसैगरी उक्त गाडीलाई पिछा गर्दै आएको सम्पत लाल कामतले र कोशी गाउँपालिका–५ का कैससर आलमलाई बा ३१ प २९४३ नं. को मोटरसाईकल सहित नियन्त्रणमा लिइएको छ ।
पक्राउ गरेको सुर्तिजन्य सामान र सवारी साधन कारवाहिको लागी श्री सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्