नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को निर्वाचन स्थगित

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को निर्वाचन स्थगित

विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को शनिबार हुन लागेको निर्वाचन उच्च अदालत विराटनगरको निषेधाज्ञायुक्त परमादेशका कारण रोकिएको छ । निर्वाचनको तयारी पूरा भएर पहाडी जिल्लाका प्रतिनिधि आईसकेपछि अदालतले महासंघका नाममा शुक्रबार निषेधाज्ञायुक्त परमादेश जारी गरेसँगै निर्वाचन स्थगित भएको हो ।

अदालतका न्यायाधीश राजनप्रसाद भट्टराईको इजलासले शुक्रबार जारी गरेको परमादेशका कारण शनिबार हुने महासंघ प्रदेश नम्बर १ को नेतृत्वका लागि हुने निर्वाचन स्थगित गरिएको छ । महासंघको प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्र खड्काले अदालतको आदेशका कारण पूर्वघोषित साधारणसभा र निर्वाचनका सबै कार्यक्रम हाललाई स्थगित गरिएको बताउनुभयो ।

सुशील धनावतको सञ्चालनमा रहेको गर्ग प्रिन्टर्सले निषेधाज्ञायुक्त परमादेश जारी गरी पाऊँ भन्दै बिहीबार उच्च अदालतमा रिट दायर गरेको थियो।अदालतको आदेशमा दुबै पक्षलाई छलफलका लागि यही पुस १४ गते बोलाउने उल्लेख गरिएको छ। साथै उक्त अवधिसम्मका महासंघ प्रदेश नम्बर १ को निर्वाचन नगर्नू, नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ।

गर्ग प्रिन्टर्सका धनावतले महासंघको विधान अनुसार साधारण सभा तथा निर्वाचन कार्यक्रमबारेको सूचना ३० दिन अगावै प्रकाशित गरिनुपर्नेमा पुस ११ गते हुने साधारण सभा र निर्वाचनका लागि पुस २ गतेमात्र प्रकाशित गरिएको भन्दै अदालत गएका हुन् । धनावतले सामान्य त्रुटीमा टेकेर अन्तिम अवस्थामा निर्वाचन रोक्नका लागि गरिएको यो कमद भने पूर्वनिर्धारित योजना नै रहेको आरोप छ ।
धनावतले भने महासंघ, प्रदेश उद्योग वाणिज्य महासंघको गठन तथा सञ्चालन नियमावलीविपरीत भएकाले परमादेशका लागि रिट दायर गरेको दावी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्