भारतिय नक्कली नोट सहित दुई जना नागरिक पक्राउ

भारतिय नक्कली नोट सहित दुई जना नागरिक पक्राउ

विराटनगर । मोरङको रंगेली ८ दर्बैसा स्थितबाट दुई जना भारतिय नागरिक १७ हजार ७ सय रुपैया भारतिय नक्कली नोट सहित पक्राउ परेका छन ।


पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शिवरन्जन सिंह रहेका छन । विआर ३८ एन०२५१ नम्बरको मोटरसाईकलमा सवार गरी आएका मण्डल र सिंहलाइ शुक्रबार बेलुका सवा ७ बजे ईलाका प्रहरी कार्यालय रंगेलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा भारतिय नक्कली नोट २०० दरको १७ थान र १०० दरको १४३ थान फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । यसरी नक्कली भारतिय रुपैया सहित पक्राउ परेका उनिहरु उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्