प्रदेश १ मा २६ हजार ८४९ जना संक्रमणमुक्त, विराटनगरमा शनिबार ‘जिरो’

प्रदेश १ मा २६ हजार ८४९ जना संक्रमणमुक्त, विराटनगरमा शनिबार ‘जिरो’

विराटनगर । प्रदेश १ मा शनिबार १३९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । योसँगै प्रदेश १ मा २६ हजार ८४९ जना संक्रमणमुक्त भएका हुन् ।

शनिबार प्रदेश १ मा १३ जना मात्रै कोरोना संक्रमित थपिएका छन् । झापामा ५, मोरङमा ४, धनकुटामा ३ र सोलुखुम्वुमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा ५, मोरंगको कानेपोखरीमा ३, बुडीगंगामा १, धनकुटाको धनकुटा नगरपालिका र सोलुखुम्वुमा १ जनामा संक्रमण देखिएको हो । हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६२७ पुगेको छ ।

प्रदेश १ मा आज १६९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ हजार ८९३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्