मुख्यमन्त्री राईद्वारा आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोलाई पदमुक्त

मुख्यमन्त्री राईद्वारा आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोलाई पदमुक्त

विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्रीको कार्यालयले दिएको जानकारी अनुसार मन्त्री आङ्बोलाई पदमुक्त गरिएको हो ।

आङ्बो पूर्वमाओवादी नेता पनि हुन् । उनी अहिले प्रचण्ड–नेपाल समूहको नेतृत्व गरिरहेका छन् । मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको आशंका मुख्यमन्त्रीले गरेका हुन् । आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भईरहेको समयमा आङ्बोलाई पदमुक्त गरिएको छ ।

नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आङ्बोलाई पदमुक्त गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार ध्रुव सुवेदीले बताएका छन् ।  आङ्बोले प्रदेस सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा २ बर्ष १० महिना काम गर्ने अवसर र्दिएकोमा मुख्यमन्त्री राइलाई धन्यवाद व्यक्त गरेका छन् ।

नरम स्वभावका आङ्बोले प्रदेश सरकारमा आर्थिक सुशासन कायम गरेर सरकारका मन्त्रीहरुमध्ये सबैभन्दा बढी लोकप्रियता कमाएका थिए । उनी आगामी दिनका संभावित मुख्यमन्त्रीको रुपमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्