ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

<span class='c1'>ट्याक्टरको ठक्करबाट मोटरसाईकल</span> <span class='c2'>चालकको मृत्यु</span>

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० सिविरडाँडामा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ त ५५८१ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको मे ११ प ३४३५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक रतुवामाई नगरपालिका–१० का ५२ बर्षीय सन्त बहादुर आले मगरको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको हो ।

सोही घटनामा घाईते भएका मोटरसाईकलको पछाडी सवार रहेका ४५ बर्षीय शुक्ल मुर्मुको पथरी अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्