विराटनगर । राष्ट्रिय प्रजातन्त्र नेपाल मोरङ कार्यसमितिले संवैधानिक राजतन्त्रसहितको व्यवस्था कायम गर्न माग गर्दै विराटनगरमा विरोध प्रदर्शन गरेको छ ।
संवैधानिक राजतन्त्र, हिन्दु राज्यसहितको माग गर्दै राप्रपा मोरङले आइतबार विरोध ¥याली निकालेको हो ।
शनसारीमाईंस्थानबाट निकालिएको ¥याली जिल्ला प्रशासन कार्यालयसम्म गएर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको राप्रपाका नेता दिनेस साहले जानकारी दिनुभयो ।