मुख्यमन्त्री राईले भन्नुभयो–अविश्वासको प्रस्ताव निर्देशित छ, सामना गर्नेछु

<span class='c1'>मुख्यमन्त्री राईले भन्नुभयो–अविश्वासको प्रस्ताव</span> <span class='c2'>निर्देशित छ, सामना गर्नेछु</span>

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने बताउनु भएको छ । प्रदेश १ प्रदेशसभामा मुख्यमन्त्री विरुद्ध आइतबार अविस्वासको प्रस्ताव दर्तापछि मन्त्रिपरिषद् कार्यालयमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले कतैबाट निर्देशित षड्यन्त्रको रुपमा दर्ता भएको प्रस्तावको सामना विकेकपूर्र्ण ढंगले गर्ने चेतावनी दिनु भएको हो ।

उहाँले प्रदेशसभामा विवेक प्रयोग गर्ने सदस्यहरु निर्वाचित भएर आउनु भएको बताउँदै अविश्वासको प्रस्तावलाई बनिबनाउ, सुनियोजित र निर्देशित रहेकोले सामना गर्न तयार रहेको बताउनु भएको थियो । मुख्यमन्त्रीले संस्थागत नेतृत्व गर्न नसकेको कारण नभई प्रदेशलाई तहसनहस बनाउने षड्यन्त्रको रुपमा आएको अविस्वासको प्रस्ताव बिफल हुने उहाँको दावी थियो ।

आरामले सामना गरेर संघीयता र प्रदेशलाई तहसनहस बनाउने चाहनालाई बिफल बनाउँछु, मुख्यमन्त्री राईले भन्नुभयो–पुनः सुविधाजनक बहुमतका साथमा प्रदेशको नेतृत्व गर्नेछु । उहाँले जनादेशबाट प्राप्त प्रधानमन्त्रीलाई बन्द कोठामा राखेर लेनदेनको हिसाब गर्ने प्रयास भएपछि ताजा जनादेशमा जानु परेको दावी गर्दै भन्नुभयो–समृद्धिको यात्रामा अवरोधक देखिनेहरु जनतासँग डराईरहेका छन् ।
प्रधानमन्त्रीलाई पार्टी भित्रैबाट घेराबन्दी गरेर समृद्धिको यात्राका लागि आवश्यक कामहरु गर्न नदिनेहरुले संविधान जारी हुँदाताकादेखि नै अवरोध गरिरहेको बताउनुभयो । ‘के प्रधानमन्त्रीले जनताको ‘म्यान्डेट’ लाई लेनदेनमा साट्न मिल्थ्यो ?’ मुख्यमन्त्री राईले प्रतिप्रश्न गर्दै भन्नुभयो–जनताबाट निर्वाचित प्रधानमन्त्रीले जनादेश रोज्नु नै उत्तम विकल्प थियो ।

संघीयतालाई संस्थागत हुन नदिने र प्रतिगमनलाई सहयोग पुग्ने गरि भएका गतिविधिको जनताले नै मूल्यांकन गर्ने बताउँदै उहाँले संसदीय मूल्य र मान्यता अनुसारको बाटो रोजेर अविश्वासको प्रस्तावको सामना गर्दै सरकारको नेतृत्वमा निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो । आइतबार नै मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेशसभामा ३७ जना प्रदेशसभा सदस्यहरुले अविश्वासको प्रस्ताव दर्ता गराउनु भएको छ । नेकपा प्रदेशसभा संसदीय दलका उपनेता टंक आङ्बुहाङको नेतृृत्वमा गएको टोलिले अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । साथै दलको नेताबाट समेत हटाउन बहुमत सदस्यहरुले माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्