अबैध औषधीको कारोवार गर्ने मेडिकल हल संचालक पक्राउ

<span class='c1'>अबैध औषधीको कारोवार गर्ने</span> <span class='c2'>मेडिकल हल संचालक पक्राउ</span>

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१५ सदन रोडमा संचालित मुसरत मेडिकल हलका संचालक अनाधिकृत औषधी बेचबिखन गरेको आरोपमा पक्राउ परेका छन् ।

मेडिकल हलका संचालक भोक्राहा नरसिंह गाउँपालिका–६ का २७ बर्षीय सौजात आलमले आफ्नै मेडिकल हलबाट अनाधिकृत औषधी बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आलमलाई पक्राउ गरेको हो ।

प्रहरीले निजको मेडिकल हलबाट डिस्कोमाइन हाइड्रोक्लोराइड ट्याब्लेट ५९० थान, टाराम्डोल हाईड्रोक्लोराइड क्याप्सुल ९८० बरामद गरिएको छ । अबैध औषधी सहित पक्राउ परेका आलमलाई आवश्यक कारवाहीको लागी औषधी ब्यबस्था बिभाग बिराटनगर बुझाउने तयारी भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्