विराटनगर–९ का दिपक तामाङ आठ वर्षपछि पक्राउ

विराटनगर–९ का दिपक तामाङ आठ वर्षपछि पक्राउ

विराटनगर । विराटनगर–९ का ३५ वर्षीय दिपक तामाङलाई प्रहरीले आठवर्षपछि पक्राउ गरेको छ । लागु औषध मुद्दाका फरार प्रतिवादी तामाङ अदालत गरेको दोषी ठहर गरेको आठ वर्षसम्म पनि विराटनगरमै रहँदासम्म पक्राउ पर्न सकेका थिएनन् ।

जिल्ला अदालत मोरङको २०६९ पुस ९ गतेको फैसला अनुसार एकलाख जरिवाना र २ वर्ष कैद सुनाइएका तामाङ आठवर्षपछि आइतबार विराटनगर–१५ बाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर–१५ हुलास मेटल चोकबाट पक्राउ गरी अदालतमा बुझाउने काम भईरहेको मोरङ प्रहरीका प्रवक्ता लोकदर्शन थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्