भारत लैजादैं गरेको गाँजासहित एकजना पक्राउ

<span class='c1'>भारत लैजादैं गरेको</span> <span class='c2'>गाँजासहित एकजना पक्राउ</span>

विराटनगर । तस्करी गरि भारतर्फत लैजान लागेको गाँजासहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । नेपालबाट चोरी तस्करी गरि २० केजी गाँजा भारततर्फ लैजान खोज्ने सुनसरी बराहा नगरपालिका ७ का ३१ वर्षीय गणेश राईलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

को २ प ४२४१ नम्बरको अटो टेम्पुको सिट मुनी लुकाएर गाँजा भारततर्फ लैजान लागेको अवस्थामा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) भुटहा जहदाका सशस्त्र प्रहरी निरीक्षक जंग बहादुर सिंहको कमाण्डमा खटिएको मोवाइल गस्ती टोलीले बरामद गरेको हो ।

बिओपी भुटहा जहदाका सशस्त्र प्रहरीको टोलीले चेकजाँचको क्रममा मोरङको जहदा गाउँपालिका १ भुटहाबाट आइतबार साझ गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए ।

‘नियमित चेकजाँचको क्रममा भारततर्फ तस्करी हुन लागेको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो,’ एसपी पौडेलले भने, ‘बरामद भएको गाँजा र पक्राउ परेका प्रतिवादीलाई आवश्यक कारवाहीको लागि इलका प्रहरी कार्यालय रानी विराटनगरलाई जिम्मा लगाएका छौं ।’ इप्रका रानी विराटनगरले गाँजा सहित पक्राउ परेका राईलाई लागूऔषध मुद्दामा सोमबार म्याद थप गरि अनुस्न्धान सुरू गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्