मन्त्री कार्कीद्धारा सामाजिक विकास मन्त्रालयको पदबहाली

<span class='c1'>मन्त्री कार्कीद्धारा सामाजिक</span> <span class='c2'>विकास मन्त्रालयको पदबहाली</span>

विराटनगर । प्रदेश १ को सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले पदभार ग्रहण गर्नुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका कार्कीले सामाजिक विकास मन्त्रीको थप जिम्मेवारी पाएपछि आज पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै उहाँले एकिकृत एम्वुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिका २०७७ बमोजिम प्रादेशिक एकिकृत एम्वुलेन्स तथा पूर्व अस्पताल व्यवस्थापन समिति गठन संवन्धि निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

मन्त्री कार्कीलाई मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, महाशाखा प्रमुख, कर्मचारीहरुले स्वागत गरेका थिए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले हिजो पदबाट राजीनामा दिनुभएको थियो । उहाँको हिजै मन्त्रालयले विदाई गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्