पथरी दुर्घटनाका घाइतेको विराटनगर ल्याउदै गर्दा मृत्यु

<span class='c1'>पथरी दुर्घटनाका घाइतेको विराटनगर</span> <span class='c2'>ल्याउदै गर्दा मृत्यु</span>

मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका–२ स्थित हरियाली सामुदायिक वन अगाडि पूर्व–पश्चिम राजमार्गमा आज सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता लोकदर्शन थापाका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियो र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार मोरङ मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय सन्तोष लिम्बु र सोही स्थानका २६ वर्षीय सुनिल धमलाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका दुईमध्ये लिम्बुको उपचारको लागि मङ्गलबारे अस्पताल र धमलाको विराटनगरस्थित न्यूरो अस्पताल पठाउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कारपियो तथा त्यसका चालक झापाको दमक नगरपालिका–२ बस्ने वर्ष ३७ को लक्ष्मीकुमार धिमाललाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्