विराटनगर आँखा अस्पतालमा आरओपीको सेवा सुरु

विराटनगर आँखा अस्पतालमा आरओपीको सेवा सुरु

विराटनगर । प्रदेश १ मा पहिलो पटक  'आरओपी" अर्थात ‘रेटिनोप्याथी अफ पिम्याच्युरोटी’ को सेवा विराटनगर आँखा अस्पतालमा सुरु भएको छ । विराटनगर आँखा अस्पतालले बालवालिकाहरुको आँखामा हुने समस्या आरओपीको गत आईतबारदेखी औपचारिक रूपमा सेवा सुरू गरेको हो ।

सेवा उद्घाटन कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले दृष्टिबीहिन हुनबाट जोगाउन विराटनगर आँखा अस्पताल सुरू भएको आरओपीले ठूलो भूमिका खेल्ने बताए । प्रमुख पराजुलीले दृष्टिबीहिन हुनबाट जोगाउन सचेतना मूलक कार्यक्रम संचालन गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रध्यापक सन्जय कुमार सिंहले बच्चामा देखिने अन्धोपन हटाउन सचेतना मूलक कार्यक्रम संचालन गरिन जरुरी रहेको औल्याए । मोतीयाबिन्दु पछि बाल दृष्टिबीहिन बढी देखिन थालेकोले यसको नियन्त्रणमा सबै लाग्नुपर्ने उनले बताए । कार्यक्रममा विराटनगर आँखा अस्पतालका अध्यक्ष पदम नारयण चौधरीले दातृ निकायको सहयोगमा अस्पतालमा आरओपीको उपचार सुरु गरेको जानकारी गराए । प्रदेश १ मा पहिलो पटक आरओपीको सेवा विराटनगर आँखा अस्पतालमा सुरु गरेको उनले बताए । कार्यक्रममा नेत्रज्योती संघ मोरङका अध्यक्ष बिजयहरी शर्माले दृष्टिवीहिन हुनबाज जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्