विराटनगरमा नयाँ स्वागतद्वारा बन्दै

विराटनगरमा नयाँ स्वागतद्वारा बन्दै

विराटनगर । विराटनगरको पहिचान दिने गरि उत्तरी प्रवेशद्वारमा निर्माण गरिने नयाँ स्वागत गेटको डिजाइन तयार भएको छ । साविकको स्वागत गेट भत्काएर नयाँ बनाउनु पनर्ने अवस्था आएपछि महानगरपालिकाले नयाँ स्वागत गेटको डिजाईन तयार पारेको हो ।

 

सडकको चौडाई (लेन) विस्तार भएपछि साविकको पुरानो गेट भत्काउनु पर्ने अवस्था आएको हो । छ लेनको सडक अनुसारको स्वागतद्वार निर्माणका लागि डिजाइन तयार गरेर बोलपत्र गर्ने तयारीमा पुगिएको इन्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो ।

महानगरपालिकाले २५ मिटर सडक क्षेत्र भित्र पर्नेगरि गेट निर्माण गर्ने भएको छ । अढाई करोड लागत अनुसार गरेर चालु आर्थिक वर्ष भित्रै काम अगाडी बढाउनका लागि स्रोतको सुनिश्चित गरिसकिएको थापाले जानकारी दिनुभयो । नयाँ गेटको डिजाइन अनुसार माथिल्लो भागबाट अवलोकन गर्न सकिने क्षेत्र समेत गेटमै राखिने भएको छ ।

छ लेन सडक विस्तार आयोजनाले भईरहेको स्वागतद्वार भत्काउनका लागि बारम्बार पत्राचार गरिरहेको छ, इन्जिनियर थापाले भन्नुभयो–हामीले खुल्ला प्रतिस्प्रर्धाबाट १४ कम्पनिसँग डिजाइन माग गरेकोमा रमन श्रेष्ठ र आशिक महर्जनको डिजाइनलाई छनौट गरेका हौं । त्यसैका आधारमा डिपिआर तयार गरिएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्