विराटनगरमा प्रधानमन्त्रीको कदम विरुद्ध विरोध प्रदर्शन (फोटो फिचर)

<span class='c1'>विराटनगरमा प्रधानमन्त्रीको कदम विरुद्ध</span> <span class='c2'>विरोध प्रदर्शन (फोटो फिचर)</span>

विराटनगर । नेकपा प्रचण्ड–माधव नेपाल पक्षधरले मंगलबार विराटनगरमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध विरोध प्रदर्शन गरेका छन् । विरेन्द्रसभा गृहमा भेला भएका कार्यकर्ता पंक्तिले सुर्य चिन्ह, कम्यूनिष्ट पार्टीको झण्डामाथिको दावी जनाउने नारा लगाउँदै प्रधानमन्त्रीको कदम विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय, गोल्छा मोड हुँदै हिमालय रोडसम्म नाराबाजी गरेपछि सभाको आयोजना गरिएको थियो । सभालाई नेताहरुले सम्बोधन गर्दै प्रधानमन्त्रीको कदम गलत रहेको दावीसहित विरोध गरेका छन् । संविधान अनुसारको सर्वोच्च अदालत र निर्वाचन आयोगले संविधान विपरितका निर्णय गरे नागरिकले पनि मान्नुपर्छ भन्ने छैन, निवर्तमान संसद एवं संविधानसभा सदस्य अमनलाल मोदीले सभालाई सम्बोधन गर्दै भनेका थिए । उनले संविधानमा आम नागरिकले मान्नुपर्ने जस्तै अदालत र निर्वाचन आयोगले पनि मान्नुपर्ने तर्क गरेका हुन् ।

यसैगरी नेकपाका सचिव गणेश उप्रेतीले असंवैधानिक कदमको पक्षमा उभिने राज्यको जुनसुकै निकाय भएपनि उसलाई हेर्ने दृष्टिकोण फेरिने बताए । उप्रेतीले समृद्धि र स्थिरताको पक्षमा नागरिकको अभिमतको प्रधानमन्त्रीको कदमले अपमान गरेको बताएका थिए । सभालाई नेकपाका केन्द्रीय नेताहरु घनेन्द्र बस्नेत, महेश रेग्मी, जीवन घिमिरे, भीम आचार्य लगायतले सम्बोधन गर्नु भएको थियो । सभामा सम्बोधन गर्ने नेताहरुले एउटै विषयमा बढी जोड दिएका थिए, जुन संसद बिघटनपछिको परिस्थिति प्रधानमन्त्रीकै कारण उत्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्