विराटनगरमा राई समुदायको सामुहिक चुल्हो(भवन)निर्माण सम्पन्न, मुख्यमन्त्रीले भोली उद्घाटन गर्दै

विराटनगरमा राई समुदायको सामुहिक चुल्हो(भवन)निर्माण सम्पन्न, मुख्यमन्त्रीले भोली उद्घाटन गर्दै

प्रेम देवान
विराटनगर । विराटनगरमा किँरात राई समुदायले पित्त्रीरुलाई सम्झदै उद्यौली र उभौली पर्व मनाउने सामुहिक चुल्हो भवनको निर्माण कार्य सम्पन्न भएको छ ।  किरात राई यायोक्खा महानगर कार्यसमितिको पहलमा विराटनगर ११ स्थित साकेला थानमा २०७५ सालबाट सुरु गरिएको २ तले सामुहिक चुल्हो भवनको निर्माण सम्पन्न भएको हो ।


नव निर्मित भवनको भोली पुष १५ गते बुधबार उद्यौली पर्वको अवसरमा प्रदेश एकका मुख्यमन्त्री शेरधनराईद्धारा उद्घाटन गरिने भएको छ ।
सामुहिक चुल्हो निर्र्माणको लागी सघिय सरकार , प्रदेश सरकार र देश तथा विदेशमा रहेका व्यक्तिहरुले आर्थिक सहयोग गरेको नगरका कार्य समितिका अध्यक्ष विष्णु राईले बताउनुभयो ।
भवन निर्माणको लागी सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २५ लाख , भौतिक पुर्वाधार विकास मन्त्रालय प्रदेश नं १ बाट ६० लाख , उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालय प्रदेश न १ को तर्फबाट १० लाख र अन्य व्यक्तिगत स्वादेश तथा विदेशमा रहेका सहयोगीदाताहरुले आर्थिक सहयोग गरेका थिए ।

भवन निर्माणको लागी झण्डै एक करोड बढी लगानी भईसकेको समितिले जनाएको छ । ३ कठठा १५ धुरमा निर्माण भएको भवनको लागी ३ कठ्ठा ५ धुर विभिन्न सहयोगी जग्गादाता र १० धुर महानगर कार्यसमितिको आफ्नै नाममा जग्गा रहेको थियो । विराटनगरमा पहिलो पटक किँरात राई समुदायको आफ्नै सामुहिक चुह्लो निर्माण भएपछि पुर्वाकालदेखी नै मनाउदै आएको विविध पुजापाठ गरिने किरात आगुवाहरुले बताएका छन् ।


त्यो संगै २ तले भवनमा कार्यलयसगै २ वटा सभाहल , सामुहिक चुल्हो लगायत किरातीहरुको बाजागाजा राख्ने स्थान समेत रहेको छ । किराँत समुदायको आफ्नै भवन भएपछी पुजापाठ गर्न सजिलो हुने साकेला थानमा पुजा गर्दै नाक्सो अर्थात पुजारी पन्चराज वायिङ राईले बताउनुभयो ।  केही बर्ष अघि सम्म साकेला थानमा समितिको बजेट अभावमा लथालिङ्ग नै रहेको थियो ।

किरात समुलायहरुले पुजापाठ गर्ने ठाँउमा घेराबन्दी नगरेका कारण लागुऔषध सेवनकर्ताहरुको अड्डा हुने गरेको समितीका दानबहादुर राईले बताउनुभयो । तर अहिले समितिलाई सरकार र देश तथा विदेशबाट आर्थिक सहयोगबाट व्यावस्थित भवन बनाउन सफल भएको राईले बताउनुभयो ।


भवन निर्माणको लागी २०७४ सालदेखी किरात राई यायोक्खा महानगर कार्य समितिको २ जना महिलाहरुले सकृय भुमिका खेल्न थाले । जसको नगर अध्यक्ष विष्णु राई सचिव कुन्ता राईले आफ्नो कार्यकालमा साकेलाथानमा नयाँ भवन बनाएर छाड्ने निधो गरे ।
यसकालागी समितिका अन्य पदाधिकारी र किरात राई यायोक्खाका अग्रज अगुवाहरुको विशेष पहलमा किरात समुदायको आफ्नै भवन बन्न सफल भएको छ ।

उक्त स्थानमा विराटनगरमा छरिएर बसोबास गर्ने किरात समुदायका राई लिम्बु र याक्खाहरु भेला भई बर्षमा दुई पटक उद्यौली र उभौली पर्व मनाउने गरेका छन् ।

file photo

file photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्