लागुऔषध सहित ४ जना पक्राउ

लागुऔषध सहित ४ जना पक्राउ

विराटनगर । मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट उदयपुरको त्रियुगा नगरपालिका–२ का २१ बर्षीय सुरेन्द्र बस्नेत र १७ बर्षीय अनिश अधिकारी लागुऔषध सहित पक्राउ परेका हुन् ।

निजहरुको साथबाट प्रहरीले एभी–१ एम्पुल, लुपिजेसिक–१ एम्पुल, डाईजोल्याव–१ एम्पुल र नाईट्राभेट–१०५ ट्याब्लेट बरामट गरेको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यसैगरी झापाको भद्रपुर नगरपालिका–४ डागीवारीबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिहिवार राती १० बजे भद्रपुर नगरपालिका–५ का २५ बर्षीय अर्जुन हल्दार र ३३ बर्षीय मुस्तेक शेकलाई लागूऔषध सहित पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले लागुऔषध कोरेक्स १ बोतल र नाईट्रोसन ३० ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्