प्रहरीको ‘एम्बुस’ टोलिद्वारा २ केजी गाँजासहित एकव्यक्ति नियन्त्रणमा

प्रहरीको ‘एम्बुस’ टोलिद्वारा २ केजी गाँजासहित एकव्यक्ति नियन्त्रणमा

इटहरी । इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीको ‘एम्बुस’ टोलिले २ केजी गाँजासहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ । इटहरी–४ बुढीखोलामा को १४ प ९२०२ नम्बरको मोटरसाइकललाई आकस्मिक चेकजाँच गर्दा मोरङ केराबारी–५ का मानबहादुर लिम्बुलाई पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक केशव कुमार कटुवालका अनुसार मोटरसाइकलमा दुईजना सवार रहेका थिए । जसमध्ये प्रहरीलाई देखेपछि बाइकको पछाडी सवार व्यक्ति भने फरार भएको दावी गरिएको छ ।

पछाडी सवार व्यक्ति फरार भएपछि मोटरसाईकलको पछाडी झुन्याएको कालो झोलामा प्याक गरेर राखिएको गाँजा बरामद गरिएको थियो । प्रहरीका अनुसार लिम्बुलाई पक्राउगरी लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट म्याद थप भई आवश्यक अनुसन्धान सुरु गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्