विराटनगर । भारतीय रुपैँया ५०० सयका ४० वटा नोटसहित सुनसरी इटहरी–९ का लुकास राजबंशीलाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका १६ दक्षिण गेटबाट ईलाका प्रहरी कार्यालय रानीको टोलिले राजबंशीलाई पक्राउ गरेको हो ।
प्रहरीले अवैध भारतीय रुपैँया बोकेर आउने राजबंशीलाई नियन्त्रणपछि आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझएको प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।