विराटनगरमा खुल्यो गोल्ड स्टारको आधिकारिक शोरुम

विराटनगरमा खुल्यो गोल्ड स्टारको आधिकारिक शोरुम

नेपाली फुटवेयरको क्षेत्रमा अग्रणी ब्रान्डका रुपमा परिचित गोल्ड स्टारको विराटनगरमा आधिकारिक सोरुम खुलेको छ । मेनरोड स्थित सेन्ट्रलमलको भुँई तल्लामा उक्त सोरुम आज शुक्रबार उद्घाटन भएसँगै सुचारु भएको हो । विराटनगरका लागि गोल्ड स्टारको सोरुम स्वस्तिक ईन्टरप्राईजले संचालनमा ल्याएको हो ।

यस शोरुमबाट गोल्ड स्टारका सबै प्रकारका फुटवेयरहरुको बिक्रि गरिने इन्टरप्राइजले जनाएको छ ।
विराटनगरको यस पहिलो सोरुमले उद्घाटनको अवसरमा विशेष अफर समेत ल्याएको छ । उक्त अफर अनुसार एक सातासम्मका लागि जुत्ताहरुको खरिद गर्दा १५ प्रतिशत छुट पाइने जनाइएको छ ।

कोरोना महामारीले थलिएको अर्थतन्त्र पछिल्लो समय विस्तारै उठ्दै गरेको छ । व्यापारहरु बन्द हुन पुग्ने अवस्थामा पुग्न थालेको बजारमा यस्ता नयाँ सोरुमहरु खुल्नुले उर्जा दिने विश्वास गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्