लायन्स क्लव अफ बिराटनगर युनाइटेडले सुर्योदय नगरपालिकाका विपन्न परिवारलाई न्यानो फाइबरको सिरक वितरण गरेको छ । युनाइटेडले सुर्योदयको नमुना शान्ति सेवा समाजको संयोजकत्वमा सुर्योदय नगरपालिकाका १५ परिवारलाई सिरक वितरण गरेको हो । सुर्योदय वडा नम्बर १० मा आयोजित
आन्तरिक पर्यटनलाई बढावा दिने योजना अन्तर्गत अन्तु पुगेको टोलीले त्यस क्षेत्र पुगेको अवसरमा स्थानीय आवश्यक्तामा परेका हुरुलाई सहयोग गरेको हो ।
उक्त अवसरमा सुर्योदय नगरपालिकाका मेयर रण बहादुर राई, उपमेयर दुर्गादेवी भट्टराई, सेवा समाजको अध्यक्ष शेखर भट्टराई , लायन्स क्लबका केन्द्रिय सल्लाहकार तथा पुर्व अध्यक्ष तथा फुड बैंक नेपालका प्रमुख रोशन खड्का, केन्द्रिय सल्लाहकार तथा पुर्व अध्यक्ष मनोज कुमार रेग्मी र मोहन सुवेदी, जोन चेयरपर्सन तथा पुर्व अध्यक्ष नबिन अधिकारी, डिस्ट्रिक चेयरपर्सन तथा पुर्व अध्यक्ष कला खड्का , वर्तमान क्लब अध्यक्ष भुपाल मिश्रा, प्रथम उपाध्यक्ष भेषराज पोखरेल लगायतको सहभागीता रहेको थियो ।
नमुना शान्ति सेवा समाजका संस्थापक सदस्य कृष्ण सुवेदीले अत्यन्त गरिब वर्गका परिवार छनौट गरि राहत सहयोग उपलब्ध गराईएको जानकारी दिनुभयो । ‘कतिपयले राहत सहयोग लिन आउँने गाडीको भाडा समेत नभएका बताएपछि सो को समेत व्यवस्था गर्नु पर्यो । ’, सुबेदीले बताउनु भयो ।
लायन्स क्लव अफ बिराटनगर युनाइटेडको २९ सदस्यीय भ्रमण टोली दुई दिने भ्रमणमा पुर्वि नेपालको पहाडी क्षेत्रमा रहेको छ।