अस्पतालका विरामीलाई आवश्यक पर्ने रगत उपलब्ध गराउदै लायन्स युनिक

अस्पतालका विरामीलाई आवश्यक पर्ने रगत उपलब्ध गराउदै लायन्स युनिक

विराटनगर । विराटनगरमा अभाव भईरेहेको रगतको व्यावस्था गर्दै लायन्स क्लब अफ विराटनगर युनिकको साप्ताव्यापी रत्तदान कार्यक्रम सम्पन्न भएको छ ।
गत पुष ११ गतेबाट सुरु गरिएको साप्ताव्यापी रत्तदान कार्यक्रम हिजो शुक्रबार सम्पन्न भएको थियो ।

एक साता सम्म जारी रत्तदान कार्यक्रममा १५५ पिन्ट रगत संकलन गरिएको लायन्स क्लब अफ विराटनगर युनिकका अध्यक्ष प्रविण अग्रवालले जानकारी दिए ।
एक साता सम्म संकलन गरिएको फ्रेस ब्लड विराटनगरमा रहेका विभिन्न अस्पतालका विरामीहरुलाई उपलब्ध गराइएको अग्रवालले बताए ।
विराटनगरमा पछिल्लो समय रगतको अभाव भईरहेको बेला क्लवले विरामीहरुलाई तत्काल रगत उपलब्ध गराउदै आईरहेको छ ।
रक्तसञ्चार सेवा केन्द विराटनगरमा आयोजना गरिएको रत्तदान कार्यक्रमलाई विनोद कुमार राउत, चन्द्र अधिकारी, चेतन निरौला, गोपाल काफ्ले, रमेश राउत, चिरन्जीवी आर्चय, र पेरिस सुवेदीले सहजीकरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्