विराटनगर र कटहरीमा ईश्वर सहकारीको दुई सेवा केन्द्र थप

<span class='c1'>विराटनगर र कटहरीमा ईश्वर सहकारीको</span> <span class='c2'>दुई सेवा केन्द्र थप</span>

ईश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विराटनगरको मिलन चौक र कटहरीमा गरि थप दुई सेवा केन्द्र संचालनमा ल्याएको छ । शनिवार आयोजित कार्यक्रम बिच दुबै स्थानमा सेवाकेन्द्रको उद्घाटन गरिएको हो ।

सेवाकेन्द्र कार्यालयको स्थापनाका अवसरमा समाजसेवी मदन कुमार साह , अरुण कुमार चौधरी ,संस्थाका सञ्चालक एवम् सदस्य विस्तार उपसमितिका संयोजक कालुराम राजबंशी ,सञ्चालक एवम् सेवाकेन्द्र तथा संकलन केन्द्र व्यवस्थापन उपसमितिको संयोजक वविता कुमारी राजबंशी, सचिव धर्मलाल सिंह कोइरीले सहकारी संस्थाले सदस्य एवम् समुदायमा पुर्‍याएको योगदानको प्रशंसा गर्नु भएको थियो भने सेवाकेन्द्रबाट सदस्यहरुले सहज रुपमा सेवा लिन पाउने विश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक बल बहादुर घिमिरेले संस्था स्थापना भएदेखि हालसम्मको वित्तीय अवस्था , संस्थाबाट सदस्य एवम् सदस्य परिवार दिवंगत हुँदा पाउने राहत , दुर्घटना तथा उपचार लगायतका राहत, संस्थाले प्रदान गर्ने बचत तथा ऋण सेवा लगायत सामाजिक क्रियाकलापमा संस्था खेल्ने भूमिका सम्बन्धि स्रब्यदृश्य माध्यमबाट सहभागीहरूलाई जानकारी गराउनु भयो । संस्थाका अध्यक्ष बिरेन्द्र कुमार धाडेवाको अध्यक्षतामा आयोजना भएको सेवाकेन्द्र उद्धघाटन कार्यक्रममा मुख्य कार्यालयबाट टाढा रहेका सदस्यहरूलाई स्थानीय स्तरबाटै सहज रुपले सेवा प्रदान गर्नका लागि हाललाई २ वटा सेवाकेन्द्रको स्थापना गरिएको बताउनु भयो । उक्त कार्यक्रम सञ्चालनको जिम्मेवारी संस्थाका सह सचिव लाल बहादुर अधिकारीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्