कारमा राखेर लागुऔषध ल्याउँदै गरेको अवस्थामा दुईजना पक्राउ

कारमा राखेर लागुऔषध ल्याउँदै गरेको अवस्थामा दुईजना पक्राउ

विराटनगर । प्रहरीको लागुऔषध ब्यूरो टोलिले विराटनगर–१६ हुलास मेटल चोकबाट कारमा सवार दुईजनाबाट लागुऔषध बरामद गरेको छ । प्रहरी टोलीले पश्चिमबाट पूर्बतर्फ आउदै गरेको बा २ च ६१११ नम्बरको सेतो कार चेकजाँच गर्ने क्रममा उनीहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको हो ।

कार चालक सुनसरी ईटहरी उपमहागरपालिका २ बरगाछी बस्ने बर्ष ३२ को अमित लिम्बु र हेमराज बस्नेतले मोबिलको गिलेनमा डाईलेक्स डिसी जस्तो देखिने तरल पदार्थ १ गिलेन बोकेको अवस्थामा फेला पारिएको थियो । यसैगरी लिम्बूको साथबाट नाईट्रोभेट १० लेखिएको २४ ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ८ चक्की फेला परेको मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । प्रहरी नियन्त्रणमा परेका कार र दुवैजनना नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्