मोरङमा विभिन्न स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ

मोरङमा विभिन्न स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । मोरङका तिन छुट्टाछुट्टै स्थानहरुबाट आइबार दिउँसो लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । प्रहरीले विराटनगर र सिक्टीबाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे बिराटनगर–१६ बाट सुन्दरहरैचा नगरपालिका–११ का ३२ बर्षीय कुशल चौधरीलाई लुपिजेसिक–६ एम्पुल, एभिल–६ एम्पुल, डाईजेलाब–६ एम्पुल र फेनारगन–६ एम्पुल सहित पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका–२ का २४ बर्षीय अनिके राईलाई बिराटनगर–१६ बाट लुपिजेसिक–८ एम्पुल, एभिल–८ एम्पुल, डाईजेलाब–८ एम्पुल र फेनारगन–८ एम्पुल सहित आज दिउँसो १ बजे पक्राउ गरेको हो ।

यस्तै प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका–१ का २८ बर्षीय अनिश नेपालीलाई नाईट्रोभेट टयाब्लेट २३ पिस , आईपीपी–१ लेखिएको ६ एम्पुल , डाईजोल्याव ६ एम्पुल , फेनारगन ६ एम्पुल र एभिल ६ एम्पुल सहित पक्राउ गरेको छ । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्