विराटनगरको श्रम तथा रोजगार कार्यालयमा तोडफोड, कारवाहीका लागि प्रेम सेन्जेलले गुहारे प्रहरी

विराटनगरको श्रम तथा रोजगार कार्यालयमा तोडफोड, कारवाहीका लागि प्रेम सेन्जेलले गुहारे प्रहरी

विराटनगर । विराटनगर–३ स्थित श्रम तथा रोजगार कार्यालयमा आइतबार दिउँसो १ः३० बजे तोडफोड गरिएको छ । सुनसरीको दुहवी–८ स्थित अरिहन्त मल्टिफाइबर लि. मा कार्यरत रमेश थापा र सुशिल गच्छदारले कार्यालयमा तोडफोड गरेका हुन् ।

 

जुटमिलमा कार्यरत थापा नेपाल कारखाना श्रमिक संघ प्रदेश १ का अध्यक्ष र गच्छदार सुनसरी अध्यक्ष हुन् । उनीहरुले कार्यालय हाताभित्र प्रवेश गरेर पूर्वतर्फको सीसाको झ्यालमा ढुंगाले हानेर फुटाएका छन् । कार्यालयका प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेम प्रसाद सन्जेलले कार्यालयमा तोडफोड गर्नेका विरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गाली बेइज्जती ऐन र सार्वजानिक अपराध ऐन मुताविक कारवाहीको माग गर्दै निवेदन निवेदन दिनु भएको छ ।

उनीहरुले सरकारी कार्यालय भित्र हुलहुज्जत र गाली बेइज्जती गरेको भन्दै तत्काल पक्राउ गरि कारवाहीको माग गरिएको छ । साथै कार्यालयमा बसेर काम गर्न असुरक्षित भएको भन्दै हतियारसहितको सुरक्षाकर्मीको व्यवस्था मिलाईदिन माग समेत गरिएको छ ।

श्रम तथा रोजगार कार्यालय विराटनगरमा पछिल्लो समय भारतीय लगानीको आरती स्ट्रिप्सबाट मजदुर निकालिएको मुद्दाको प्रक्रिया चलिरहेको छ । त्यसलाई समेत प्रभावित बनाउने योजनासहित हुलहुज्जत गरिएको दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्