निर्वाचन तोकेकै मितिमा : मन्त्री तुम्बाहाङफे

<span class='c1'>निर्वाचन तोकेकै मितिमा</span> <span class='c2'>: मन्त्री तुम्बाहाङफे</span>

विराटनगर । भुमिव्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री डा.शिवमाया तुम्वाहाङफेले सरकारले तोकेकै मितिमा निर्वाचन हुने दावी गर्नुभएको छ ।  विराटनगरमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाम्फेले ताजा जनादेशका लागि सरकारले निर्र्धारण गरेको मितिमा निर्वाचन हुने बताउनु भएको हो ।

आगामी वैशाखमा निर्वाचन गराउन सरकारले आर्थिकको व्यवस्था देखी सुरक्षा अवस्थालाई थप व्यवस्थित गर्न थालेको वताउनुुभयो । निर्वाचन आयोग समेत निर्वाचनका लागि तयारी शुरु गरिसकेकाले तोकिएको मितिमा निर्वाचन हुुनेमा ढुक्क रहन सवैलाई उहाँले आग्रह गर्नुुभयो ।

सरकारलाई आफनै पार्टी भित्रवाट काम गर्न नदिने र सरकारलाई घेरावन्दीमा पार्न खोजेका कारण प्रधानमन्त्रीले बाध्य भएर संसद विघटन गरेको भन्दै मन्त्री तुम्बाहाङफेले ताजा जनादेशले मुलुकलाई राजनीतिक निकास दिने धारणा राख्नुभयो । उहाँले ६० प्रतिशत मत पाएको प्रमुुख दलको नेतृत्वमा भएको सरकारले विधि सम्वत र संविधान सम्मतरुपमा संसद विघटन गरेको उहाँको दावी थियो ।
उहाँले वर्तमान सरकार राष्ट्र राष्ट्रियताको पंक्षमा उल्लेखनिय काम गरेको र वर्षौ देखि भारतले उपयोग गर्दे आएको भुुमिलाई नेपालको नक्सामा समेट्न सकेको दावी गर्नुुभयो । सरकाले कोभिड–१९ नियन्त्रण रोकथाम तथा मुलुकको समृद्धिका विषयमा उल्लेखनिय काम गरेकाले आगामी निर्वाचनमा यहि विषयलाई लिएर जनताको माझमा जाने उहाँको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्