उद्योग वाणिज्य महासंघ प्रदेश १ मा सर्वसम्मत नेतृत्व चयन, ढकाल भए अध्यक्ष

उद्योग वाणिज्य महासंघ प्रदेश १ मा सर्वसम्मत नेतृत्व चयन, ढकाल भए अध्यक्ष

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को साधारण सभाले सर्वसम्ँमत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । महासंघमा विराटनगरका भीम घिमिरे र झापाका टिका ढकालबीच चुनावी प्रपिस्प्रर्धा हुने बताउँदै आएपनि सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मतबाट निर्वाचित गरिएको हो ।

महासंघको प्रदेश १ को अध्यक्षमा उद्योगी टिकाराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन्। झापाको बिर्तामोडमा भएको तेस्रो साधारणसभाले जिल्ला नगर उपाध्यक्षमा भीमबहादुर पौडेललाई चयन गरेको छ। एसोसिएट उपाध्यक्षमा राजेन्द्र राउत र कोषाध्यक्षमा रमेशकुमार राठी चयन भएका छन्।

जिल्ला नगर सदस्यमा युवराज शाक्य, कुमार भट्टराई, भुपालराज कटुवाल, वीरेन्द्रकुमार शाह र प्रितम खड्गी सर्वसम्मत चयन भएका हुन् ।
वस्तुगत सदस्यमा सुवास आचार्य र राजन श्रेष्ठ चयन भएका छन्। एसोसिएट्स सदस्यमा साधारण सभाले रविनकुमार दाहाल र श्रवणकुमार अग्रवाललाई चयन गरेको छ।
महासंघको प्रदेश–१ मा ३५ जिल्ला नगर, १३ वस्तुगत र १२७ एसोसिएट्स सदस्य छन्। नवनिर्वाचित अध्यक्ष ढकालले प्रदेशमा देखिएका उद्योग वाणिज्य क्षेत्रका समस्या पहिल्याउने दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्