अनुमति नपाउँदा कार्यालय तोडफोड गरेको खुलासा, तोडफोड गर्ने मजदुर नेता फरार

अनुमति नपाउँदा कार्यालय तोडफोड गरेको खुलासा, तोडफोड गर्ने मजदुर नेता फरार

विराटनगर । विराटनगर–३ स्थित श्रम तथा रोजगार कार्यालयमा आइतबार दिउँसो तोडफोड गर्नेहरु फरार भएका छन् । आधिकारिक ट्रेड यूनियन संघ गठनका लागि दिइएको निवेदन उपर तत्काल सुनुवाई नगरिएको भन्दै कार्यालय हाता भित्र प्रवेश गरेर तोडफोड गर्ने विरुद्ध उजुरी परेपछि उनीहरुले फरार भएका हुन् ।

सुनसरीको दुहवी–८ स्थित ग्रिन नेपाल प्लाइ उद्योगमा काँग्रेस निकट रहेको नेपाल कारखाना श्रमिक संघ गठनको अनुमति नपाउँदा श्रम तथा रोजगार कार्यालयको झ्याल तोडफोड गरिएको दावी सम्बन्धित पक्षले गरेका छन् ।  श्रमिक संघले श्रम तथा रोजगार कार्यालयमा पेश गरेको निवेदन उपर उजुरी परेको र उद्योगसँग सोधपुछ भइरहेको बेला समयमा नै उद्योगमा टे«ड युनियन राख्न नपाएको भन्दै सुनसरीको दुहबीस्थित अरिहन्त मल्टिफाइबमा कार्यरत रमेश थापा र सुशिल गच्छदारले कार्यालयको झ्याल फुटाएका थिए ।

तोडफोडमा संलग्न थापा नेपाल श्रमिक संघ प्रदेश नं. १ का अध्यक्ष हुने भने गच्छदार सुनसरी अध्यक्ष हुन् । उनीहरुले कार्यालय हाताभित्र आइतबार दिउँसो प्रवेश गरेर पूर्वतर्फको सीसाको झ्यालमा ढुंगाले हानेर फुटाएका थिए । सीसाको झ्यालमा ढुंगाले हानेर फुटाएको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेम प्रसाद सन्जेलले जानकारी दिए ।
नेपाल कारखाना श्रमिक संघ प्रतिष्ठान स्तरको टे«ड यूनियन दर्ता गरि पाउँ भनि केही दिन अगाडी श्रम तथा रोजगार कार्यालयमा आएर निवेदन दिएका थिए । यहाँ आएको निवेदन उपर उजुरी आयो,’ बरिष्ठ श्रमअधिकृत सञ्जेलले भने, ‘टे«ड यूनियन दर्ता गरि पाउ भनि यहाँ आएकाले उद्योगमा ३५ जना मात्र श्रमिक रहेकोमा ३० जनाले समर्थन गरि हस्ताक्षर गरि ल्याएको पत्र देखाए ।

पछि अर्को टे«ड युनियनले ग्रिन प्लाइ नेपाल उद्योगमा १४० जना मजदुर छन् भनेर उजुरी प¥यो । उद्योगसँग कति मजदुर हो भनि बुझने क्रममा थापा र गच्छदारले कार्यालयमा आएर तोडफोड गरेका हुन् ।’ युद्ध स्तरमा गएर काम कारवाहीको प्रक्रिया अगाडी बढीरहेको बेला अपशब्द प्रयोग गर्दै उनीहरूले कार्यालयको सिसा तोडफोड गरेको संजेलको भनाई छ । संञ्जेलले प्रहरीमा उजुरी पठाएको जानकारी पाएपछि तोडफोडमा संलग्न फरार छन् । यता नेपाल कारखना श्रमिक संघ मोरङका कोषाध्यक्ष श्याम कुमार कामतले टे«ड युनियले प्रक्रिया पूरा गरि समयमा श्रम कार्यलयले स्वीकृत नदिदा यस्तो घटना हुन पुगेको बताए ।

कार्यालयमा तोडफोड गर्नेका विरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङमा गाली बेइज्जती ऐन र सार्वजानिक अपराध ऐन मुताविक कारवाहीको माग गर्दै सन्जेलले निवेदन दिएका छन् ।
उनीहरुले सरकारी कार्यालय भित्र हुलहुज्जत र गाली बेइज्जती गरेको भन्दै तत्काल पक्राउ गरि कारवाहीको माग गरिएको छ । कार्यालयमा बसेर काम गर्न असुरक्षित भएको भन्दै हतियारसहितको सुरक्षाकर्मीको व्यवस्था मिलाईदिन पनि सञ्जेलले माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्