१८ वर्षीय युवकको कोरोनाका कारण मृत्यु

१८ वर्षीय युवकको कोरोनाका कारण मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण १८ वर्षीय युवकको मंगलबार मृत्यु भएको छ । पुस ११ गतेदेखि प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारतः उदयपुर त्रियुगा–११ का युवकको आज बिहान ७ः३० बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामणी पोखरेलका अनुसार शवको अन्त्येष्टि नियमानुसार गरिने छ । उपचारका लागि भर्ना हुँदाताकासम्म युवकमा कुनैपनि प्रकारको दिर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्