बेलबारी । बिधुत प्राधिकरण बेलबारी वितरण केन्द्रमा कार्यरत एकजना मिटर रिडर जबरजस्ती करणी प्रयासमा पक्राउ परेका छन् । बेलबारीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा लेखनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको हो ।
अभिभावकले किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यलय बेलबारीले ४० वर्षीय रिजाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । आईतबार दिउसो मिटर जाँच गर्न गएका रिजालले बालिकाको घरमा कोहि नभएको मौकाछोपी करणी प्रयास गरेको आरोप छ । रिजाल दश वर्ष अघिदेखी बेलबारी वितरण केन्द्रको मिटर रिडरको रुपमा कार्यरत थिए ।
रिजाल विरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिएका छन् ।