विराटनगरको वायु प्रदुषण ‘रेड जोन’ मा

विराटनगरको वायु प्रदुषण ‘रेड जोन’ मा

प्रेम देवान

विराटनगर । विराटनगरको वायु प्रदूषण खतराको सङ्केतभन्दा माथि पुगेको छ । पछिल्लो केहीदिन यता विराटनगरमा चिसो बढेसँगै वायु प्रदूषण खतराको सङ्केतभन्दा माथि पुगेको हो । सामान्यतया हावामा प्रदूषणको मात्र ०–५० सम्मको विन्दुलाई राम्रो मानिन्छ । तर मङ्गलबार विराटनगरको वायु प्रदूषणको अवस्था (एयर क्वालेटी इन्डेक्स) २१९ को विन्दुमा पुगेको हो ।

यसको अर्थ विराटनगर वायु प्रदुषण खतरा रहेको बुझिन्छ । एयर क्वालेटी इन्डेक्स ०–५० लाई राम्रो , ५१ देखी १०० सामान्य र १०१ देखी १५० सम्मलाई खतराको सिमामा रहेको बुझिन्छ भने १५१ देखी २०० सम्मलाई रेड जोन अर्थात स्वास्थ्यको लागि खतरा रहेको भन्ने बुझिन्छ ।
त्यसैगरी ईन्डेक्समा देखाइएको मापन २०१ देखी ३०० सम्मलाई ‘भेरी अनहेल्दी’ अर्थात पुरा खतरा भन्ने बुझिन्छ ।

मगलबार विराटनगरको वायु प्रदुषण २१९ विन्दुले छोएको देखिएको थियो । यसको अर्थ हो हामी विराटनगरवासी वायु प्रदुषणको खतरामा छौं । मुलुकभरको बायु प्रदुषणको विवरण हेरिने डिस्प्ले अहिले विराटनगर ३ स्थित डिभिजन बन कार्यालयमा राखिएको छ ।
खासगरी विराटनगर महानगरपालीकाको बाताबरण शाखाले हेर्दै आएको भएपनि उत्त डिस्प्ले अहिले डिभिजन वन कार्यालयमा राखिएको छ । संघीय सरकार अन्र्तगत बातावरण विभागले वायुप्रदुषण मापन गर्ने उत्त डिस्प्ले गत वर्ष साउनदेखी राखेको थियो ।

विशेष गरी गर्मी महिनामा एयर क्वालेटी इन्डेक्स कम र जाडो महिनामा बढी देखाउने गरेको डिभिजन वन कार्यालय मोरङका अधिकृत रामलखन ठाकुरले बताए । विशेष गरी अहिले विराटनगरमा बढ्दो सवारी चाप , उद्योग कल कारखाना र विकास निर्माणका कामबाट निस्कीएको धुलो– मैलोका कारण पनि बढी वायु प्रदुषणको मापन बढी भएको हुन सक्ने ठाकुरको भनाई ।

ठाकुरका अनुसार लकडाउनको बेला कम सवारी साधन चलेका कारण विराटनगरको एयर क्वालेटी ईन्डेक्स कम देखिएको थियो ।
विराटनगरको बजारमा अहिले सवारीसाधनदेखी मानिसहरुको अत्याधीक भिडभाड अनि बढ्दो ‘सवारी साधनको धूलो धुँवाका काण वायुमण्डलमा धेरै असर पर्न थालेको छ । यसले गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पार्दैछ त्यसैले अब विराटनगरको वायुमण्डलको प्रदुषण खतराको सकेतबाट जोगिनको लागी यस विषयमा सम्बन्धीत सरोकार निकायले ध्यान दिनु जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्