नेकपा मोरङले गठन ग¥यो पन्ध्रसय सदस्यीय संघर्ष समिति, संयोजकमा उप्रेती

नेकपा मोरङले गठन ग¥यो पन्ध्रसय सदस्यीय संघर्ष समिति, संयोजकमा उप्रेती

विराटनगर । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपीशर्मा ओलीको कदमलाई प्रतिगमनकारी भन्दै त्यस विरुद्ध आन्दोलनको घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले एक हजार ५०१ सदस्यीय संघर्ष समिति गठन गरेको छ । विराटनगरमा मंगलबार बसेको जिल्ला सचिवालयको बैठकले नेकपा मोरङका सचिव गणेश उप्रेती सुशिल संयोजक र सचिवालय सदस्य पारुल क्षेत्री सह–संयोजक रहेको संघर्ष समिति गठन गरेको हो ।

सम्पूर्ण जिल्ला कमिटीका सदस्यहरु, नगरकमिटीका सदस्यहरु, पालिका कमिटीका सदस्यहरु, जनवर्गिय संगठनका जिल्ला कमिटीका सदस्यहरु सम्मिलित संघर्ष समिति गठन गरेको बताइएको छ । बैठकले नेकपा केन्द्रीय सदस्य तथा मोरङका इन्चार्ज घनेन्द्र वस्नेतको संयोजकत्वमा निर्देशक समिति पनि गठन गरेको छ । पार्टीले घोषणा गरेको संघर्ष लगायतका कामहरुलाई सहि दिशामा लैजान निर्देशक समितिले महत्वपूर्ण भूमिका खेल्ने नेकपा मोरङका सचिब गणेश उप्रेती सुशिलले बताए ।

नेता वस्नेतको संयोजकत्वमा गठन भएको निर्देशक समितिमा केन्द्रीय सदस्यहरु र प्रदेश कमिटी सदस्यहरु रहनेछन् । यस्तै बैठकले पार्टी एकताको कामलाई सम्पन्न गर्न आवश्यक सुझाव दिनका लागि सचिव गणेश उप्रेतीको संयोजक र चण्डी राई सहसंयोजक रहेको समिति पनि गठन गरेको छ । उक्त समितिले एक हप्ता भित्र पार्टी एकताको बाँकी काम सम्पन्न गर्न आवश्यक सुझाव दिने बताइएको छ ।

बैठकले पुस २५ गते भित्र सबै कमिटीहरुको बेठक सम्पन्न गर्ने, पुस २५ र २९ गते जिल्लाका १७ वटै पालिकाहरुमा वृहत कार्यकर्ता भेला राख्ने, त्यसै अवधिमा जनसंगठनको भेला, प्रशिक्षण र एकताको काम सम्पन्न गर्ने र संघर्षको कार्यक्रमलाई पनि सँगसँगै अगाडि बढाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्