प्रदेश १ मा १०३ डिस्चार्ज, २८ संक्रमित थपिए

प्रदेश १ मा १०३ डिस्चार्ज, २८ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरु सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ८४२ पुगेको छ ।
प्रदेश १ मा आज २८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंग र सुनसरीमा ८–८, झापामा ५, संखुवासभामा २, धनकुटा, उदयपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ५, बेलबारी, बुढीगंगा र सुन्दरहरैचामा १–१, सुनसरीको धरान र इटहरीमा ३–३, इनरुवा र दुहवीमा १–१, झापाको शिवसताक्षी र कनकाईमा २–२ र विर्तामोडमा १, संखुवासभाको खाँदबारी र स्थानीय तह नखुलेका १–१, धनकुटाको महालक्ष्मी, उदयपुरको त्रियुगा र पाँचथरको हिलिहाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ९१३ पुगेको छ ।

प्रदेश १ मा आज ३८२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र २० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख १० हजार ३३१ ज्नाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्