राजसंस्थाको माग राख्दै राजावादीहरुको विराटनगरमा प्रदर्शन ( फोटो फिचर)

राजसंस्थाको माग राख्दै राजावादीहरुको विराटनगरमा प्रदर्शन ( फोटो फिचर)

विराटनगर । संघियताको खारेजी र हिन्दु राज्य सहितको राजसंस्थाको माग राख्दै ईटहरीबाट सुरु गरिएको राजावादीहरुको प्रदर्शन विराटनगर आईपुगेको छ ।


प्रधानमन्त्री के पि शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरे यतादेखि संघियताको खारेजीको माग गर्ने क्रम बढेको छ । यसै क्रममा राजावादीहरुले राजसंस्था र हिन्दु राज्यको माग राख्र्दै सुनसरीको इटहरीबाट कार तथा मोटरसाईकल र्याली निकाल्दै राजसंस्थाका पक्षमा नाराबाजी गर्दै विराटनगर आईपुगेका हुन् ।
राजावादीहरुले संघियता र धर्म निरपेक्षता खारेजीको माग , राजा आउ देश बचाउ भन्ने चर्का नारा सहित राजसंस्थाको पक्षमा नाराबाजी सहित कार तथा मोटरसाईकल र्याली निकालेका थिए ।


राजनैतिक दलका नेताहरुका कारण छोटो समयमै संघियता असफल भएको भन्दै र्यालीमा सहभागी अगुवाहरुले राजसंस्था सहित हिन्दु राज्य कायम गर्दै संघियताको खारेजीका लागि दवाव दिन र्यालीको आयोजना गरिएको वताए नेपाल विपद परिषद मोरङका अध्यक्ष पुष्पराज दाहालले बताए । विराटनगरमा निस्कीएको र्याली पस्चात महेन्द्रचौकमा पुगेर कोणसभा गरिएको थियो ।

 

तस्वीर प्रेम देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्