विराटनगरको वायुप्रदूषण खतराको सकेतमा पुगेपछि घरबाट बाहिर ननिस्कन महानगरको अपिल

विराटनगरको वायुप्रदूषण खतराको सकेतमा पुगेपछि घरबाट बाहिर ननिस्कन महानगरको अपिल

विराटनगर । विराटनगरको वायुप्रदूषणको तह खतराको संकेत पार गरेपछि अत्याआवश्यक काम बाहेक घरबाहिर ननिस्कन विराटनगर महानगरपालिकाले अपिल गरेको छ । केहिदिन यता वायुप्रदूषणको अवस्थाले खतराको संकेत पार गरेपछि महानगरपालिकाले बुधबार सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो ।

वायुप्रदूषणका कारण जनस्वास्थ्यमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै मर्निङवाक जाने वा घरबाहिर गएर गरिदै आएको व्यायम केही दिनको लागी रोक्न महानगरले आग्रह गरेको छ । साथै फोहोरको उचित व्यवस्था गर्न र फोहोर जलाउने काम बन्द गर्न समेत आग्रह गरिएको छ । सकेसम्म घरबाट बाहिर ननिस्कन र निस्कन पर्ने भएको अनिवार्य मास्क प्रयोग गर्न अपिल गरेको छ ।

धुलोधुवाँ उड्ने खालका पेशा, व्यवसाय, निर्माण कार्य केही दिनलाई स्थगन गर्न समेत महानगरले अपिल गरेको छ । सामान्यतया हावामा प्रदूषणको मात्र ०–५० सम्मको विन्दुलाई राम्रो मानिन्छ । तर बुधबार दिउँसो विराटनगरको वायु प्रदूषणको अवस्था (एयर क्वालेटी इन्डेक्स) १५७ को विन्दुमा पुगेको विराटनगर महानगरपालिका बाताबारण शाखाकी अधिकृत अनिता न्यौपानेले जानकारी दिईन् । मुलुकभरको बायुप्रदूषणको विवरण हेरिने डिस्प्ले अहिले विराटनगर ३ स्थित डिभिजन बन कार्यालयमा राखिएको छ ।

मौसममा आएको बदलीका कारण विराटनगरवासीमा स्वास्थ्य समस्या बढ्ने जोखिम पनि उत्तिकै देखिएको छ । विशेषगरी बालबाालिका, वृद्धवृद्धा एवम् दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको छ । वातावरणमा देखिएको परिवर्तनलाई आत्मसात् गरेर तोकिएका उमेर समूहलाई घरमै रहन आग्रह गरिएको हो । वायुप्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेका केही समयसम्म प्रदूषण यस्तै रहन सक्ने वा अझै खराबसमेत हुने सम्भावना रहेका हुनाले विशेष सावधानी अपनाउन वातावरण विभागले सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्