विराटनगरको पशुपति टोल विकास समितिमा खड्का

<span class='c1'>विराटनगरको पशुपति टोल</span> <span class='c2'>विकास समितिमा खड्का</span>

विराटनगर । c–१२ को पशुपति टोल विकास समितिको अध्यक्षमा ज्ञानेन्द्र खड्का चयन भएका छन् । नेपाली कांग्रेसको विचारसँग नजिक रहेका व्यक्तिहरुको भेलाले खड्काको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो ।

नेपाली कांग्रेस विराटनगर–१२ का बुथ सभापति हरिनारायण यादवको उपस्थितिमा भएको भेलाले जगन्नाथ अधिकारी, पुष्पा दाहाल, लक्ष्मी भट्टराई अधिकारी, खडानन्द आचार्य, मुना कोइराला, विष्णु पौडेल, शिशिर पराजुली, महेन्द्रनारायण दास सर्वसम्मत रुपमा सदस्यमा चयन गरेको छ ।

समितिको सल्लाहकारमा लोकबहादुर भण्डारी, मीनकुमार नवोदित, दयानाथ नेपाल, गोविन्द बडाल र कुवेरबहादुर थापा रहेका छन् । समितिले टोलको विकासमा पहल गर्ने अध्यक्ष खड्काले बताए । विराटनगर–१२ मा ४३ वटा सरकारी टोल समिति छन् । सबै टोलमा समिति गठन गरिने सभापति यादवको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्