विराटनगर बरगाछीमा दुर्घटना : मदिराको मातमा सह–चालकले बस नचाउँदा, पोलमा ठोकिएर कच्याककुच्युक

विराटनगर बरगाछीमा दुर्घटना : मदिराको मातमा सह–चालकले बस नचाउँदा, पोलमा ठोकिएर कच्याककुच्युक

विराटनगर । मदिराको मातमा रहेका सह–चालकले बस हाँकेको पत्तै नपाउँदा विराटनगर–३ बरगाछीमा बुधबार बेलुका ९ बजे गम्भीर दुर्घटना भएको छ । ना ५ ख ३५०३ नम्बरको बसका सह–चालक रक्कु भन्ने राकेश कार्कीले मदिरा पीएर को १ ख ५२४१ नम्बरको बस लिएर हुँईकिएपछि बरगाछीमा पुगेर दुर्घटना भएको हो ।

आफूले काम गर्दै आएको ना ५ ख ३५०३ नम्बरको बस समेत दुर्घटनापछि मर्मतको क्रममा रहेको थियो । बेरोजगार भएका कार्कीले बुधबार साँझ पत्तै नपाउने गरि मदिरा पीएपछि को १ ख ५२४१ नम्बरको बसका सह–चालकसँग भएको चाबी मागेर बसपार्कबाट हिडेको पाइएको छ ।

त्यस क्रममा बरगाछी पुगेपछि बिजुलीको पोलमा ठोकिएको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । गम्भीर दुर्घटनाका भएपनि उक्त स्थानमा एस.बी.आई.बैंकको एटिएम रोखको सटर र न्यू यूनिक होटलमा सामान्य क्षति पुगेको प्रवक्ता राईले बताउनुभयो । त्यसैगरी त्यहाँ रहेको विराटननगर महानगरपालिकाको सिसिटीभीको पावर केवल चुँडिएको छ । प्रवक्ता राईका अनुसार अहिले उक्त दुर्घटनाको विषयमा अनुसन्धान भईरहेको छ ।

तत्कालिन समयमा गाडीका चालक बनेका सहचालक कार्की भने घाइते छन् । उनको अहिले विराट नर्सिङ होममा उपचार भईरहेको प्रवक्ता राईले जानकारी दिनुभयो । बेरोजगार भएको बहानामा मदिरा खाएर अर्काे बस लिएर हिडेको देखिन्छ, प्रवक्ता राईले भन्नुभयो–बसमा उ मात्रै थिएछ भन्ने कुरा छ । गाडीमा काम गर्ने सहचालकहरु राती गाडी भित्रै सुत्ने र बस्ने काम गर्दछन् । मदिरा पीएपछि मातले बेसुर भएका कार्कीले बस लिएर हिडेको प्रहरीको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्