इटहरी । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको इटहरी नगर उपाध्यक्षका लागि मनोज लिम्बु मनोनीत भएका छन् । गत १५ गते नेपाल तरुण दल इटहरी उपमहानगर कमिटीको बैठकले लिम्बुलाई नगर कमिटीको उपाध्यक्ष पदमा मनोनित गरेको हो ।
उपमहानगर कमिटि अध्यक्ष बिष्णु खत्रीद्वारा जारी विज्ञप्तीमा लिम्बुलाई मनोनित गरिएको जानकारी नेपाली काँग्रेस र नेपाल तरुण दल सुनसरी तथा क्षेत्रीय समितिलाई समेत दिइएको छ ।