प्रदेश १ मा १०० डिस्चार्ज, १९ संक्रमित थपिए

<span class='c1'>प्रदेश १ मा १००</span> <span class='c2'>डिस्चार्ज, १९ संक्रमित थपिए</span>

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १०१ सय जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोवेल मेडिकल कलेजबाट ३–३, कोशी अस्पताल कोभिड १९ बाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार १५५ पुगेको छ ।
प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९, मोरंगमा ५, झापामा ४ र ते¥हथुममा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ५, इटहरीमा ३, रामधुनीमा १, मोरंगको विराटनगरमा ३, लेटाङ र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोड, कनकाई, अर्जुनधारा, मेचीनगरमा १–१ र ते¥हथुमको म्याङलुङका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमितको संख्या २९ हजार ९४७ पुगेको छ । सक्रिय संक्रमित ३२९ जना छन् ।

प्रदेश १ मा आज ३६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ११ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्