सिलिण्डर ग्यासमा लाग्ने आगलागिबाट कसरी बच्ने ? दुर्घटना न्यूनिकरण तालिम सञ्चालन हुँदै

<span class='c1'>सिलिण्डर ग्यासमा लाग्ने आगलागिबाट कसरी बच्ने</span> <span class='c2'>? दुर्घटना न्यूनिकरण तालिम सञ्चालन हुँदै</span>

विराटनगर । सिलिण्डर ग्यासमा लाग्ने आगलागिबाट हुने दुर्घटना न्यूनिकरणका लागि आम समुदायमा सचेतना मुलक तालिम प्रदान गरिने भएको छ । ग्यास विक्रेता संघ मोरङ्गको आयोजनामा ग्यास दुर्घटना न्यूनिकरण अभियान अन्तर्गत पौष २५ गते तालिम दिइने भएको हो ।

मोरङ्गको विराटनगर, विराटचोक लगायताका स्थानमा आम उपभोक्तालाई तालिम प्रदान गरिने ग्यास विक्रेता संघ प्रदेश १ का अध्यक्ष सरल राज पोखरेलले बताउनु भयो । उहाँले भन्नुभयो,‘ ग्यासको सिलिण्डर लिक भई आगलागि हुदाँ आगो छोडेर भाग्ने गरिन्छ, जसले गर्दा दुर्घटना भई ज्यानै जान सक्छ । आम उपभोक्ताहरुलाई आगलागिलाई नियन्त्रणमा लिन तालिम प्रदान गर्ने छौं ।’

बुटवल घर भई काठमाण्डौलाई कर्मथलो बनाएका महेश पन्तले तालिम प्रदान गर्ने छन् । विराटनगरको कालिका मन्दिरमा विहान शनिबार ९ बजे, पिचरा चोकमा १० बजेर ३० मिनेट देखि तथा विराटचौकमा १ बजेबाट जनचेतनामुलक तालिम दिइने पोखरेलले बताउनुभयो । अन्य स्थानको लागि तयारी भइरहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्